site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप भोलिदेखि सुरु हुँदै
SkywellSkywell

काठमाडौं । नेपालमा हुने दोस्रो साउथ एसियन चेस च्याम्पियनसिप–२०२३ भोलि (मंगलबार) देखि सुरु हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत आयोजक नेपाल बुद्धिचाल महासंघले च्याम्पियनसिपको बारेमा जानकारी दिएको हो । असार ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसँगै, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, बंगलादेश, श्रीलंका र अफगानिस्तान गरी आठ टिमले सहभागिता जनाउनेछन् ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा खुला तथा महिला गरी दुई स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ललितपुरको गोदावरीस्थित भ्यू भृकुटीमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक देशबाट समान एक महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन र आयोजकको हैसियतमा थप एक–एक जना खेलाडीसहित दुवै विधामा समान १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपको खुलातर्फ नेपालका वर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामा सहभागी हुनेछन् । यस्तै, महिलातर्फ नेसनल च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशिला गुरुङको सहभागिता रहनेछ ।

च्याम्पियनसिपको खुलातर्फको विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, महिलातर्फको विजेताले एक लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), ललितपुर महानगरपालिकालगायत अन्य स्थानीय तहको सहयोग रहेको आयोजकले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu