site stats
बाह्रखरी :: Baahrakhari
देश
हुम्लामा ढुंगाले लागेर बालकको मृत्यु 
प्रतीकात्मक तस्बिर ।

सिमकोट । हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुंगाले लागेर सर्केगाड गाउँपालिका–८, राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो ।

ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् ।

उनीहरू दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्