site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघको साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक पूर्वकर्मचारी संघको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारणसभाको उद्घाटनसत्रमा सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पूर्वकर्मचारी संघले गर्दै आएको सेवा कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा संघका अध्यक्ष दिनेशविक्रम थापाले संघको संगठन विस्तार र ‘रावा बैंक पूर्वकर्मचारी हित कोष’का लागि रकम संकलन गर्दै आएको जानकारी गराए ।

कोषाध्यक्ष लक्ष्मीप्रसाद पराजुलीले कोषमा १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको बताए ।

महासचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन साधारणसभाबाट पारित समेत गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro