site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘सहकारीमार्फत हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम डुब्दा सरकार किन मौन ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारीमार्फत हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम डुबेको भन्दै सरकारले बचतकर्ताको हितमा काम गर्न आलटाल गरेको आरोप लगाएका छन् । सत्तारुढ कांग्रेसकै सांसदले सरकारले पीडितलाई न्याय दिन तदारुकता नदेखाएको भन्दै प्रश्न उठाएका हुन् ।

“हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ । त्यसले जनस्तरमै गम्भीर आक्रोस र विद्रोह निम्त्याएको अवस्था छ,” सांसद केसीले भने, “यसको समाधानका लागि सरकारले एक महिना अगाडि नै एउटा समिति गठन गरेको थियो । अहिलेसम्म त्यसलाई पूर्णता दिन सकेको छैन ।” उनले सरकारको काम गराइले प्रश्न उठाएको बताए ।
 
“यसको उद्देश्य के हो ? किन समितिलाई पूर्णता दिनै सकिएन ?,” प्रश्न गर्दै केसीले भने, “एकातिर तरकारी किसान, दूध किशान, उखु किसानका समस्या यथावत रहेको अवस्था छ भने यसको समाधान गर्नका निम्ति सरकार मुकदर्शक भएर अहिलेसम्म बसेको छ ।” 

उनले सरकारले यसको कारबाही तत्काल अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro