विदेश

याङ्गुन, । म्यानमारमा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ ।
म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चैत १५ पछि चैत २८ (बिहीबार)सम्म म्यानमारमा २.८ देखि ७.५ म्याग्निच्युडसम्मका ११२ वटा परकम्प गएका हुन् ।
गत मार्च २८ मा गएको ७.९ म्यागिनच्युडको विनाशकारी भूकम्पका कारण तीन हजार ६४५ जनाको मृत्यु भएको र पाँच हजारभन्दा व्यक्ति घाइते भएका त्यहाँको सरकारले जनाएको छ ।
राज्य प्रशासन परिषद्को सूचना टोलीले जारी गरेको विज्ञप्ति अनुसार मंगलबारसम्म मृत्यु हुनेको संख्या तीन हजार ६४५ पुगेको छ भने पाँच हजार १७ जना घाइते भएका छन् भने १४८ जना अझै हराइरहेका छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ २३:५१
प्रतिक्रिया दिनुहोस्