site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच छलफल, के भयो सहमति ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच बिहीबार छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उनीहरूबीच छलफल भएको हो ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार प्रारम्भिक रूपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताए । “आजदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ । उहाँहरूको चासो, सरोकारका विषयमा छलफल भयो,” उनले भने, “छलफलबाट नै निष्कर्ष निकाल्ने सहमति भएको छ ।”

Argakhachi Cement Island Ad

प्रवक्ता सापकोटाले छलफललाई निरन्तरता दिने सहमति भएको बताए । छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डा. दीपक काफ्ले, शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुली लगायतको टोली सहभागी थियो ।

शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै यही चैत २० गतेदेखि काठमाडौंमा सडक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा देशभरिका शिक्षकहरूको सहभागिता रहेको बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २३:११
प्रतिक्रिया दिनुहोस्