site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रा. डा. विजय मिश्रको ‘विजय’ संयोग !

काठमाडौं । नेपाल बार एसोसिएसनको २७औँ महाधिवेशनबाट वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र अध्यक्ष निर्वाचित भएका छन् । ३६ वर्ष लामो कानुनी अभ्यास र प्राध्यापनको अनुभव समेत भएका प्रा. डा. मिश्र लिगल प्रोफेसनमा विद्यावारिधी हुन् । कानुन अभ्यासकर्ता थुप्रै विद्यार्थी बनाएका मिश्रले नाम जस्तै हरेक उमेदवारीमा विजयी पहिचान पाएका छन् । बिहीबार अन्तिम परिणाम घोषणा भएर निर्वाचित भएपछि उनलाई बोल्ने समेत फुर्सद थिएन । फोन उठाएर उनी सबैलाई पहिलो वाक्य नै भनिरहेका थिए – ल है धन्यवाद !

सकेसम्म सबैको फोन उठाएर धन्यवाद ज्ञापन गरेका उनले बाह्रखरीसँग लामो कुरा गर्न नसक्ने अवगत गराए । “३६ वर्ष लामो वकालत अभ्यास र प्राध्यापनबाट बनाएको सम्बन्धलाई सबैले सम्मान गर्दै नेपाल बारको नेतृत्वमा पुर्‍याउन भूमिका खेलिदिनुभएको छ । सबैलाई धन्यवाद !,” मिश्रले भने, “अब मलाई अवसर र चुनौती दुवै आएको छ । यसलाई सबैको साथ र सहयोगबाट पार लगाउनुछ ।”

०००

नेपाल बार एसोसिएसनको ०६३–०६६ को कार्यकालमा एमालेनिकट विश्वकान्त मैनाली अध्यक्ष थिए । उक्त कार्यसमितिमा हाल मिश्रको प्रतिद्वन्द्वी बनेका रमन श्रेष्ठ महासचिव थिए । सधैँजस्तो नेपाल बारको नेतृत्व गरेको लोकतान्त्रिक समूह त्यो समयमा दर्शकदिर्घातिर परेको थियो । तर, ०६६–०६९ का लागि लोकतान्त्रिक कानुन व्यवसायीहरूको संगठन डेमोक्र्याटिक लयर्स एसोसिएसनले एकलौटी कार्यसमिति बनायो ।

डीएलको तर्फबाट उमेदवारी दिएका वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको एकल प्यानल बारको नेतृत्वमा निर्वाचित भएको थियो । त्यसबेला महासचिव निर्वाचित भएका थिए– हाल अध्यक्षमा निर्वाचित उनै विजयप्रसाद मिश्र ।

त्यसबेला बाँकी सबै संगठनका कानुन व्यवसायी मिलेर चुनाव लड्दा १७ सदस्यीय कार्यसमितिमा १७ जना नै डीएलएनिकट कानुन व्यवसायी निर्वाचित भएका थिए ।

०००

शालिन व्यक्तित्व बनाएका मिश्रको प्रभाव त्यसबेला सिंगो टिम जित्नुमा थियो भन्ने धेरैले स्वीकार गर्छन् । उनको अध्यक्ष भएर काम गरेका वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का अहिले पनि सत्ताको प्रभावका कारण गठबन्धन बनेको भन्दै विजयप्रसादको नेतृत्वमा एकल समूह भएको भए अहिले पनि त्यस्तै अवस्था दोहोरिने बताउँछन् । त्यस्तो हुन नपाएकोमा उनी मिश्रले जितेर पनि पूरा खुसी हुन पाएका छैनन् ।

“उहाँ मेरो महासचिव हुँदा खेलेको भूमिका, प्राध्यापनमार्फत बनाएको छवि र सम्बन्ध तथा डीएलएका सदस्यहरूबाट एक्लै अध्यक्ष निर्वाचित हुने व्यक्तित्व हो,” पूर्वअध्यक्ष खड्काले भने, “तर, अहिले सत्तागठबन्धनको प्रभाव बारमा पर्‍यो । एक्लाएक्लै प्रतिस्पर्धा हुन पाएन र उहाँको जितको श्रेय गठबन्धनलाई गएको छ ।”

उनी डीएलएको संगठनमा अहिलेको गठबन्धनले नकारात्मक प्रभाव पारेको भन्दै यसले भोलिका दिनमा मिश्रलाई काम गर्न पनि समस्या हुनसक्ने बताउँछन् । अहिले गठबन्धन गरेकाहरूले भोलि काम गर्ने क्रममा संगठनको रंग देखाएमा मिश्रको व्यक्तित्वअनुसार काम हुनेमा उनी शंका व्यक्त गर्छन् । “उहाँको कानुनी अभ्यासमा विशेष पहिचान छ । प्राध्यापक बनिसक्नुभएको छ । विद्यावारिधी पनि राम्रै विषयमा गरिक्नुभएको छ । नेपाल बारमा महासचिव भएर एउटा व्यक्तित्व बनाइसक्नुभएको छ,” पूर्वअध्यक्ष खड्काले भने, “तर, चुनाव जित्न सँगै भएका अर्को संगठनका साथीहरूले भोलि आफ्नै रंग देखाउन सक्छन् । त्यसले उहाँको व्यक्तित्व अनुसारको भूमिका निर्वाह गर्न बाधा श्रृजना गर्नसक्छ ।”  

तर, पनि उनी अहिले निर्वाचितले तत्कालका लागि बार बेन्च विवादलाई बारले उठाएकै मुद्दा स्थापित गर्दै समाधान गर्ने विश्वास गर्छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro