site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौंको तापक्रम ३३ र तराईमा ४१ डिग्री सेल्सियससम्म पुग्ने, विगतमा पनि यस्तै गर्मी हुन्थ्यो ?  
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement

काठमाडौं । तराईका केही भू–भागमा आज पनि तातो हावा (लू) चल्ने भएको छ । विगत केही दिनको जस्तै आज पनि देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने भएको छ । 

केही दिनयता काठमाडौंसहित देशका विभिन्न भागमा गर्मी बढेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद् गोविन्द झा बताउँछन् । पश्चिमी वायु कमजोर रहेका कारण तापक्रम बढेको र बदली समेत हुन नसक्दा गर्मी बढेको उनको भनाइ छ । 

“काठमाडौंमा आज ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । र, यो क्रम अझै केही दिन रहनेछ,” मौसमविद् झाले भने । 

Agni Group

जनकपुर, भैरहवा, सिमरा, नेपालगन्जलगायत क्षेत्रमा पनि आज तापक्रम उच्च रहनेछ । मौसमविद् झाका अनुसार यी क्षेत्रमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । तापक्रम कतिपत्रय ठाउँमा बढ्नेक्रममा रहेको र कतिपय ठाउँमा स्थिर रहेको उनले जानकारी दिए । 

“अझै केही दिन अहिले उच्च तापक्रम रहेको ठाउँमा यस्तै गर्मी रहनेछ । पश्चिमी वायु कमजोर रहेको र त्यो पनि पश्चिमी भू–भागमा मात्रै रहेकाले अझै केही दिन यस्तै गर्मी हुनेछ,” उनले भने, “तत्काल पश्चिमी वायु पूर्वतर्फ सर्ने नदेखिएको र थप शक्तिशाली पनि नहुने देखिएकाले गर्मी यथावत नै रहनेछ ।” उनका अनुसार अझै कम्तीमा तीन दिनसम्म तापक्रम घट्ने सम्भावना न्यून छ । त्यसैले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे । 

Global Ime bank

हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । तर, पश्चिमी वायुको कमजोर रहेको छ । जसका कारण गर्मी बढेको छ । 

गर्मी बढेकै हो ? यस्तो छ देशभरको तथ्यांक

विगतका वर्षमा पनि जेठमा गर्मी नै हुने तर यो वर्ष पश्चिमी वायु तुलनात्मक रूपमा कमजोर रहेका कारण केही मात्रामा तापक्रम बढेको मौसमविद् झाको भनाइ छ । “यसअघिका वर्षमा पनि जुन महिनामा गर्मी हुन्थ्यो । तर, यो वर्ष पश्चिमी वायु कमजोर रहेका कारण थप गर्मी भएको हो,” उनी भन्छन्, “पश्चिमी वायु शक्तिशाली नहुँदा यो वर्ष ३ देखि ५ डिग्री तापक्रम बढेको हो ।”

आज बिहान सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए । 

लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC