site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को गतिरोध अन्त्य हुने बताएका छन् । 

नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलगाएतका विषयमा संसद् अवरोध भएपछि अध्यक्ष ओलीले संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै यस्तो बताए । 

Dabur Nepal
NIC Asia

राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि अहिलेको विवाद सकिने र संसद् सुचारु हुने उनले बताए । 

प्रतिपक्षी दलहरुले विरोधका कारण संघीय संसद्को दुवै सदनको बैठक अवरुद्ध भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro