राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणमा असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरूले संसद् बैठक सञ्चालनमा अवरोध गरेका छन् ।
उनीहरूले प्रमाणीकरण भएको विधेयक निष्क्रिय पारेर संशोधनसहितको विधेयक सदनमा ल्याएर अघि बढाउन माग गरेका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:४४
प्रतिक्रिया दिनुहोस्