site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विधेयक प्रमाणीकरणको प्रक्रिया मिलेन, नेपालको सुरक्षा र भू-राजनीति समेत जोडिएको छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकता विधेयक राजनीतिक समस्या भएको बताएका छन् । उनले नागरिकता विधेयक प्रमाण्ीकरणको विधि गलत भएको भन्दै संसद् अघि बढाउन नसकिने बताए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकता विधेयक नेपालको सुरक्षा र भूराजनीति र मानअधिकारसँग जोडिएको विषय भएको भन्दै नागरिकता विधेयक प्रमाणीकरणको विधि गलत भएको बताए ।

“यो राजनीतिक समस्या हो । मधेसमा धेरै पीडित छन् । सरकारमा रहँदा साझा न्यूनतम कार्यक्रममा पनि हामीले यो विषय राखेका छौं । संसद्मा हामीले कुरा उठाएका छौं,” उनले भने, “तर जुन विधिबाट आएको छ, पीडित जनताको समस्या समाधान गर्नभन्दा पनि अन्य कुनै स्वार्थका कारण आएको छ ।”

उनले यो गलत कर्मको भारी रास्वपाले बोक्न नसक्ने बताए । विधेयक प्रमाणीकरणको विधि नसच्चिए सदन र सडकमा संघर्ष गर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro