site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतको सहमतिपछि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनको बाटो खुल्यो
फाइल तस्बिर ।

काठमाडौं । भारतले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडित उपकरण अवतरण प्रणाली 'इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम' (आईएलएस) सञ्चालनका लागि सहमति जनाएको छ । 

दुई देशबीच सहमति नहुँदा विमानस्थल सञ्चालनमा आएको वर्षदिन पूरा हुदाँ पनि आईएलएस सञ्चालनमा आउन सकेको थिएन । जसले गर्दा ठूलो लगानीमा जडान गरिएको आईएलएस प्रयोगविहीन बनेको थियो ।

तर, बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चारदिने भ्रमणका क्रममा आईएलएस सञ्चालनमा भारतले सहमति जनाएको हो ।

Dabur Nepal
NIC Asia

यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आईएलएस उडान–अवतरणको बाटो खुलेको छ ।

dfmmg1685608252.jpg

अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल ल्यान्डिङ सिस्टम (भीएफआर) बाट उडान भइरहेको छ । भीएफआर उडानमा जहाज अवतरणका लागि १,८०० देखि २,२०० मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।

तर, आईएलएस जडान भएपछि ८०० मिटर मात्रको भिजिबिलिटीमा पनि जहाजले अवतरण गर्न सकिन्छ । अर्थात् प्रतिकूल मौसममा पनि उडान गर्न सकिन्छ । 

भारतले आईएलएस जडानमा अनुमति नदिँदा हुस्सु लागेको बेला, भिजिबिलिटी कम भएको समयमा जहाज उडान प्रभावित हुँदै आएको थियो ।

मौसमको कारण देखाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुस ६ देखि फागुन २५ गतेसम्म उडान नै बन्द भएको थियो । हिउँदको समयमा हुस्सु लागेको र जहाजलाई अवतरण गराउँदा सटिक मानिने उपकरणमा आधारित आईएलएस जडान गरिए पनि सञ्चालन नहुँदा समस्या हुने भन्दै उडान रोकेको थियो । आईएलएस जडान भएपछि यस्ता खालका समस्या समाधान हुने विज्ञहरूले सुझाव दिँदै आएका थिए ।

साथै, आईएलएस सञ्चालनमा आएपछि चिसो मौसममा पनि उडान गर्न सकिने जानकारहरू बताउँछन् । यस सम्झौताले विमानस्थललाई व्यवसायिक रूपमा सञ्चालन गर्न पनि थप मद्दत पुग्ने विज्ञहरू बताउँछन् । 

gautambuddha Airpot1640082108.jpg

विमानस्थलबाट जजिरा एयरवेजले साताको तीन दिन कुवेत–भैरहवा–कुवेत उडान गर्दै आएको थियो । तर, जजिराले वैशाख ६ गतेदेखि उडान बन्द गरेको छ ।

जजिराले ‘कर्मसियल’ कारण देखाएर उडान बन्द गरेको सूचना विमानस्थललाई पठाएको थियो । तर, अहिले उडानको लागि कुनै औपचारिक जानकारी विमानस्थलाई गराएको छैन । अहिले गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ ।

हवाई रुटमा कुनै सहमति भएन

नेपालले भारतसँग महेन्द्रनगरबाट हवाई रुट पनि माग गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले हवाई रुट मागेका थिए । तर, यस विषयमा भने ठोस सहमति भएन ।

अहिले अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल भित्रिने विन्दु सिमराको प्रवेशविन्दु हो । तर, सिमराबाट भन्दा महेन्द्रनगर प्रवेश विन्दुबाट जहाजलाई २० मिनेट छिटो पर्छ । तर, महेन्द्रनगर रुट दिनभने भारतले मानेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro