अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा बढी कमाउनेलाई करको दायरामा ल्याउँदा बजारमा गलत भाष्य प्रवाह भएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ बढी कमाउनेले कर नतिर्ने चलखेल गरेको बताए ।
“सेयर बजारलाई नै पेसा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्छ । बजारमा यस्तो ग्रुपले रूवाबासी चलाएको छ,” उनले भने, “हामीले कुनै स्वार्थ राखेका छैनौँ । यसलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ । अनावस्यक हल्ला फैलाउनु उचित हैन ।”
बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको पनि बताए । यसलाई नबुझ्दा बजारमा चलखेल गर्नेले अन्योल सृजना गरेको उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १०:४५
प्रतिक्रिया दिनुहोस्