राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भोलिदेखि हुने भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज छलफल गर्दै छ ।
एमालेले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रिय सरोकारका विषयमा विज्ञसँग छलफल गर्न लागेको हो । एमालेको सम्पर्क समन्वय कमिटीले दिउँसो पौने २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा छलफल कार्यक्रम आयोजना गरेको छ ।
सम्पर्क समन्वय कमिटीका संयोजक श्यामकुमार बस्नेतका अनुसार छलफलमा एमालेका महासचिव शंकर पोखरेल, परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठ र सूर्यनाथ उपाध्याय र परराष्ट्र तथा जलस्रोतविज्ञ एवं सीमाविज्ञ बुद्धिनारायण श्रेष्ठले बोल्नेछन् ।
प्रधानमन्त्री प्रचण्ड मंगबार चारदिने भारत भ्रमणमा निस्कँदै छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्