अर्थ व्यवसाय
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा सरुवा रोग अस्पताल विस्तारका लागि ४६ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।
सो रकम शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई ३०० शय्यामा विस्तार गर्न प्रयोग गरिनेछ । नयाँ वर्षको बजेटमार्फत यस्तो घोषणा गरिएको हो ।
यस्तै, पोखरा, सुर्खेतलगायत चार प्रदेशमा सरुवारोग अस्पताल विस्तार गरिने अर्थमन्त्री डा. प्रकाशरण महतले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:५९
प्रतिक्रिया दिनुहोस्