site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा बढ्दै मायोपियाको समस्या 

काठमाडौं । डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको समस्या बढ्दै गएको पाइएको छ । कम्प्युटर, मोबाइल र भिडियो गेममा धेरै समय बिताउने बालबालिकामा मायोपियाको जोखिम बढ्दै गएको विज्ञको ठहर छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधा जनसंख्यामा मायोपिक हुन सक्ने अनुमान गरेको छ । मायोपिया रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा पनि यो समस्या देखिने सम्भावना बढेको विज्ञको भनाइ छ ।

के हो मायोपिया समस्या ? 
मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्छन् । सामान्य आँखाले कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा त्यो मानिसको रेटिना (आँखाको दृष्टि पर्दा)मा आएर फोकस हुने गर्छ । तर, मायोपिया भएमा त्यो वस्तु रेटिनाभन्दा अगाडिको भागमा ‘फोकस’ हुन्छ । सोही कारण दृष्टि धमिलो देखिन्छ ।

नेपालमा सहरी क्षेत्रमा बस्ने १५ वर्षमुनिका १५.५ प्रतिशत बालबालिकामा मायोपियाको समस्या देखिएको छ । ग्रामीण क्षेत्रका बालबालिकामा यो समस्या ८.२ प्रतिशत छ ।

घण्टौँसम्म मोबाइल, ल्यापटप, टीभीजस्ता डिजिटल माध्यम प्रयोग गर्ने दैनिकीले यो समस्या बढ्दै गएको दृष्टि विशेषज्ञ पंकज राय अधिकारी बताउँछन् । लामो समय घरबाहिरको वातावरणमा काम नगर्दा आँखामा हुने एउटा जोखिमका रूपमा मायोपिया देखापरेको उनको भनाइ छ ।

मायोपियाबाट बच्न बालबालिकालाई मोबाइलको प्रयोगबाट जोगाउने, दैनिक कम्तीमा दुई घण्टा बाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने र समय–समयमा नियमित रूपमा आँखा जाँच गराउनुपर्ने अधिकारी बताउँछन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro