site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माअ‍ोवादी सांसद दाहालले पशुपतिमा पित्तलको जलहरी चढाएको आरोप लगाएपछि एमालेको संसद् अवरोध

काठमाडौं । नेकपा (एमाले)ले संसद् अवरोध गरेको छ । पशुपतिमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चढाइएको जलहरी सुन भनेर पित्तल चढाएको आरोप नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले लगाएको भन्दै एमालेले संसद् अवरोध गरेको हो ।

अघिल्लो बैठकमा माओवादी सांसद दाहालले लगाएको आरोपमा एमालेले आज बैठक अवरोध गरेको हो ।

सांसद दाहालले नीति तथा कार्यक्रमका विषयमा बोल्ने क्रममा पशुपतिको जलहरीमै भ्रष्टाचार भएको आरोप लगाएका थिए । त्यसका विषयमा त्यसदिन नियमापत्ति समेत नगरेको एमालेले शुक्रबारको बैठकअघि नै बैठक चल्न नदिने घोषाा गरेका थियो । लामो वार्ता गर्दा करिब डेढ घण्टा ढिलो सुरु भएको बैठकमा एमालेले अवरोध गरेको हो ।

“सत्तापक्षका माननीज्यूहरुले रोष्ट्रममा उभिएर प्रतिपक्षमाथि आक्षेप लगाउने काम गर्नुभएको छ । पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ,” एमालेका प्रमुख सचेतक पदम गिरीले भने, “प्रतिपक्षले सत्तापक्षमाथि आरोप लगाउँछ । यहाँ त सत्तापक्षले प्रतिपक्षमाथि आक्षेप लगाउँदै छ । पशुपतिको गजुरमा सुनको ठाउँमा पित्तल लगाएको छ भने छानबिन होस् । सरकारले त्यो सुन हो कि पित्तल हो भनेर जवाफ दिनुपर्छ ।”

उनले गम्भीर आरोप लगाएर बैठक चल्न नसक्ने भन्दै जवाफपछि मात्र संसद्को अवरोध अन्त्य गर्ने बताएका थिए ।

“सभामुख महोदय गम्भीर आरोप बोकेर बैठक चल्न सक्दैन,” गिरीले भने, “बैठक चलाउन खोजियो भने बेल घेर्नुपर्ने हुन्छ ।”f

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro