काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध कसुरमा मुद्दा दायर गरिएको अभियोगपत्रमा उल्लेख छ ।
अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा ४३ को एकीकृत कसुर, दफा ५१ को राष्ट्रिय हितविपरीतको कसुर, दफा २४९ को ठगीको कसुर, दफा २७६ को सरकारी लिखत किर्तेसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ बमोजिमको संगठित अपराध भएको दाबीसहित मुद्दा दायर भएको उल्लेख छ ।
बुधबार सरकारी वकिलको कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ठगी पुष्टि भएको दाबी गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । सोही बराबरको क्षतिपूर्ति माग गरिएको छ ।
के छ अभियोगपत्रमा ?