site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ग्यास सिलिन्डर ढल्काएर वा घोप्टो पारेर बालिरहनु भएको त छैन ? 
प्रतीकात्मक तस्बिर

काठमाडौं । कतै तपाइँ ग्यास सिलिन्डर ढल्काएर वा घोप्टो पारेर बालिरहनु भएको त छैन ? ग्यास बल्न छोडेपछि केही समय भए पनि सिलिन्डर ढल्काएर वा घोप्ट्याएर बाल्ने गर्नु भएको त छैन ? यदि यसो गर्ने तपाइँको बानी छ भने यस्तो गल्ती नगर्नूस् । कारण, सिलिन्डर ढल्काएर वा घोप्ट्याएर बाल्दा ठूलो विष्फोट वा दुर्घटनाको उच्च सम्भावना हुन्छ । 

सिलिन्डर ढल्काउँदा र घोप्ट्याउँदा पाइपबाट ग्याससँगै ‘लिक्विड’ नै आउने फायर फाइटर किशोरकुमार भट्टराई बताउँछन् । “यस्तो अवस्थामा ग्यास बल्दा वा बाल्दा ग्यास एक्कासी ठूलो बल्छ । पाइपमा आएको ग्यासमात्रै होइन सिलिन्डरभित्रको ग्यास पनि बल्न पुग्छ । यस्तो अवस्थामा आगलागी हुने र सिलिन्डर नै विष्फोट हुन्छ,” भट्टराई भन्छन्, “ग्यास सिलिन्डर घोप्ट्याउँदा पाइपबाट तरल पदार्थ निस्किन्छ । र, आगलागी सुरु हुन्छ, जसका कारण विष्फोट हुन्छ ।” 

Dabur Nepal
NIC Asia

ग्यास सिलिन्डरमा ८५ प्रतिशत लिक्विड र १५ प्रतिशत ग्यास हुने फायरफाइटर भट्टराई बताउँछन् । १५ प्रतिशत ग्यासबाट पाइपको माध्यम हुँदै स्टोभमा गएर ग्यास बल्छ । जति ग्यास घट्दै जान्छ त्यतिनै मात्रामा लिक्विड ग्यासमा परिणत हुँदै जाने उनी बताउँछन् । तर, ढल्काउँदा र घोप्ट्याउँदमा लिक्विड नै जाने भएकाले आगलागी र विष्फोटको उच्च जोखिम हुन्छ । 

“ढल्काउँदा वा घोप्ट्याउँदा पाइपबाट आउने लिक्विडले रेगुलेटरलाई विगार्छ । र, रेगुलेटर बन्द गरे पनि ग्यास बलिरहने हुन्छ,” भट्टराई भन्छन् । 

गएको एक वर्षमा आगलागीबाट ९० भन्दा धेरैको मृत्यु भएको छ । अघिल्लो हप्ता ६९ आगलागीका घटना घटेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सिलिन्डर सधैँ ठाडो राखेर प्रयोग गर्नुपर्छ । सुताएर, घोप्टाएर वा ढल्काएर कहिल्यै प्रयोग गर्नु हुँदैन । त्यसरी प्रयोग गरे रेगुलेटर बिग्रिने र ग्यास लिक हुने सम्भावना उच्च हुन्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास स्टोभ सिलिन्डरभन्दा सधैँ अग्लो ठाउँमा राख्नुपर्छ ।  

सिलिन्डर ल्याउँदा र लैजाँदा कहिल्यै गुडाउन वा फाल्न नहुने प्राधिकरणले जनाएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro