site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से आठ अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ८.१० अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक वृद्धि भए पनि यस दिन कारोबार रकममा भने कमी आएको छ । 

यसदिन २७२ धितोपत्रको ३४ लाख ९५ हजार ७५२ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । आज लगानीकर्ताको कूल सम्पत्ति मूल्य (कूल बजारपुँजीकरण) २७ खर्ब ५९ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज आइतबारको तुलनामा कारोबार रकम ३३ करोड रुपैयाँ घटेको हो ।

आइतबार एक अर्ब ६० करोड रुपैयाँको सेयर करोबार भएको थियो । आज एक अर्ब २७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यसदिन शिवम् सिमेन्टको कारबोर रकमले बढी हिस्सा ओगटेको छ । यो कम्पनीको सात करोड ३४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, आज सर्वाधिक सेयर मूल्य वृद्धि हुनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । अघिल्ला दिनहरूमा पनि यो कम्पनीको सेयर मूल्य लगातार उकालो लाग्दै आएको छ । त्यस्तै ग्रिन लाइफ हाइड्रोपावरको सेयर मूल्य ७.३७ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक घटेको छ । परिसूचक घट्नेमा व्यापार र वाणिज्य बैंक समूह रहेका छन् । व्यापार समूहको ०.९९ प्रतिशत र वाणिज्य बैंक समूहको परिसूचक ०.०२ प्रतिशत घटेको छ ।

परिसूचक सर्वाधिक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ । यो समूहको परिसूचक २.४४ प्रतिशतले वृद्धि भएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro