site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कुन–कुन प्रदेशमा हुनेछ वर्षा ? कोसी र मधेस प्रदेशमा हावाहुरीको सम्भावना  
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही भागमा आज पनि वर्षा र हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश रगण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Global Ime bank

हाल देशमा पश्चिमी र थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement