site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सात वाणिज्य बैंकसहित १३ कम्पनीको सेयर मूल्य २०० भन्दा कम

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (हिजो) नेप्से परिसूचक १८७७.३२ विन्दुमा बन्द भयो । नेप्से बुधबार ३२.३० अंकले बढ्यो भने यसदिन एक अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भयो । अघिल्ला दिनहरूमा कारोबार एक अर्बभन्दा कमको हुँदै आएको थियो ।  नेप्से १८०७.५३ विन्दुलाई न्यून विन्दु कायम गरेर फर्किएको हो । गत सोमबार (जेठ १ गते) बजार उक्त विन्दुमा झरेको थियो ।
 
यसरी बजार न्यून विन्दुमा पुगेर फर्कंदा अधिकांश कम्पनीको सेयर मूल्य सस्तिएको छ । तेस्रो त्रैमासको वित्तीय विवरण हेर्दा गत वर्षको तुलनामा अधिकांश कम्पनी घाटामा छन् । तर, बजार घट्दा राम्रै आम्दानी गरिरहेका कम्पनीको सेयर मूल्य पनि न्यून विन्दुमा झरेको छ । गत बिहीबारको कारोबार दिनको आधारमा ७७ कम्पनीको सेयर मूल्य ३०० रुपैयाँभन्दा कम रहेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ३०० रुपैयाँभन्दा कम सेयर मूल्य हुनेमा अधिकांश वाणिज्य बैंक छन् । २१ वाणिज्य बैंकमध्ये २० वटा वाणिज्य बैंक नेप्सेमा सूचीकृत छन् । राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन । बिहीबारको सेयर मूल्य हेर्दा नेप्सेमा सूचीकृत २० वाणिज्य बैंकमध्ये सात वाणिज्य बैंकको सेयर मूल्य २०० भन्दा कम छ । वाणिज्य बैंकमध्ये २०० रूपैयाँभन्दा कम सेयर मूल्य हुनेमा सनराइज, सिटिजन्स, कुमारी, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल र लक्ष्मी बैंक छन् ।  

बिहीबारको सेयर मूल्य हेर्दा एनआईसी एशिया बैंक सेयर मूल्य ७०८ रुपैयाँ ५० पैसा छ । त्यस्तै नबिल बैंकको सेयर मूल्य भने ५९० रुपैयाँ कायम भएको छ । 

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रमोटर सेयरको मूल्य १०० रुपैयाँ रहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म नेप्सेमा २४८ कम्पनीहरू सूचीकृत भई सेयर कारोबार हुुँदै आएको छ । सूचीकृत कम्पनीहरूमध्ये १४१ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरू रहेका छन् । त्यस्तै ६९ जलविद्युत् कम्पनी रहेका छन् । उत्पादन तथा प्रशोधन उद्योग १९ कम्पनी छन् । त्यसैगरी ६ लगानी कम्पनी, ६ होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका कम्पनी छन् । 

गतवर्षको चैत मसान्तसम्म नेप्सेमा यस्ता कम्पनीको सूचीकरण संख्या २२९ थियो । एक वर्षको अन्तरालमा धितोपत्र बजारमा २० वटा कम्पनी थपिएका छन् । 
 
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । जलविद्युत् कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

deta1684485145.JPG

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro