देश
काठमाडौं । प्रहरीले बुधबार राति काठमाडौंको बौद्धबाट १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा बस्दै आएका ६० वर्षीय रिन्छेन शेर्पाको होटेल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूलाई नगद दुई लाख २५ हजार ७३० रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्