site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटी दोस्रोपटक च्याम्पियन्स लिगकाे फाइनलमा 
SkywellSkywell

काठमाडौं । म्यानचेस्टर सिटी दोस्रोपटक च्याम्पियन्स लिगकाे फाइनलमा पुगेको छ । बर्नार्डो सिल्भाले दुई गोल गरेको खेलमा सिटीले बुधबार राति इत्तिहाद रंगशालामा साविक विजेता रियल मड्रिडलाई ४–० तथा समग्रमा ५–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । सिटी पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको हो ।  

सिल्भाको पहिलो हाफमै दुई गोल गरेपछि खेल सिटीको नियन्त्रणमा गयो । कीर्तिमानी १४ पटकको युरोपेली च्याम्पियनविरुद्ध सिटीले २३औँ मिनेटमा सिल्भाको गोलबाट अग्रता लिएको थियो । ३७औँ मिनेटमा सिल्भाले अग्रता दोब्बर बनाए । ७६औँ मिनेटमा एडर मिलिटाओले आत्मघाती गोलमा सिटीले अग्रता बढायो । वैकल्पिक खेलाडी जुलियन अल्भारेजले इन्जरी समयमा अर्को गोल थपेपछि सिटीले शानदार विजय हासिल गर्दै फाइनलमा स्थान पक्का गरेको हो । अल्भारेज ८९औँ मिनेटमा इर्लिङ ब्राउट हालान्डको स्थानमा मैदान छिरेका थिए । 

यससँगै पेप ग्वार्डिओलाको सिटीले स्पेनिस क्लब रियालसँग गत वर्ष सेमिफाइनलमा हरेको बदला लिन सफल भएको छ । गत सिजन रियालले सिटीलाई समग्रमा ६–५ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सिटीले अब फाइनलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध टर्कीको स्तानबुलमा प्रतिस्पर्धा गर्नेछ । इन्टरले इटालीकै अर्को क्लब एसी मिलानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । 

KFC Island Ad
NIC Asia

‘‘उनीहरूले हामीभन्दा धेरै राम्रो खेले । सिटी जितको हकदार थियो,’’ रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘‘उनीहरूले सुरुबाट धेरै दबाब सिर्जना गरे । त्यसले उनीहरूलाई सहज बनायो किनभने हामीलाई बल खेल्न धेरै गाह्रो भयो । सिटीले पहिलो हाफमा दुई गोलको अग्रता लिएपछि हामीलाई खेलमा फर्किन धेरै गाह्रो भने । दोस्रोमा पुनरागमनको प्रयास गरेका थियौं तर, सफल भएनौं ।’’

एन्सेलोटीले नतिजा पीडादायी भएको र के गलत भएको भनेर विश्लेषण गर्न हतार हुने बताए । 

Royal Enfield Island Ad

“यो क्षणमा खेलको मूल्यांकन गर्नुको कुनै अर्थ छैन,’’ एन्सेलोट्टीले थपे, “यो हार हो । जसले धेरै पीडा दिन्छ । हामी च्याम्पियन्स लिगको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वीविरुद्ध हार्यौं । उनीहरूले राम्रो खेले र हामीलाई फाइनल पुग्नबाट रोके । यसबाट हामीले अर्को सिजनका लागि सिक्नुपर्छ ।’’

city 11684379066.JPG

गत सिजन ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेको रियाल मड्रिड यस सिजन स्पेनिस कप र फिफा क्लब वर्ल्ड कपको उपाधि मात्र जित्न सफल भएको छ । स्पेनिला ला लिगाको उपाधि बार्सिलोनाले चार खेल अगाडि नै जितिसकेको छ । 

तथापि, एन्सेलोट्टीले बुधबार अर्को कीर्तिमान बनाएका छन् ।  म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्गुसनको कीर्तिमान तोड्दै एन्सेलोट्टी युरोपियन प्रतियोगितामा सबैभन्दा धेरै १९१ खेलमा प्रशिक्षक बनेका छन् । 

च्याम्पियन्स लिगको फाइनलमा सिटीलाई बलियो उपाधि दाबेदार मानिएको छ । इन्टरलाई हराए सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्नेछ । सिटी दुई वर्षअघि फाइनलमा इङ्लिस क्लब चेल्सीसँग पराजित भएको थियो । सिटी यसपटक ट्रेबल (तेहेरो) उपाधि जित्ने अभियानमा छ । 

सिटीले यस सिजन च्याम्पियन्स लिग, इङ्लिस प्रिमियर लिग र एफए पकको उपाधि जित्ने सम्भावना बलियो बनेको छ । 

“आज धेरै राम्रो भयो । थाहा छैन किन तर मैले महसुस गरेँ की टिम उच्चस्तरमा प्रतिस्पर्धा गर्न तयार छ,’’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ट्रेबल उपाधि सम्भावना बारे भने, “हामी नजिक छौं । यो सिजन साँच्चै राम्रो छ । हामी हाम्रा प्रशंसकहरूलाई खुसी बनाउँछौं । संसारभरका हाम्रा प्रशंसकहरू हामीलाई हेरिरहेका छन् । उनीहरूले राम्रो देख्छन् । यो सबैभन्दा ठूलो प्रशंसा हो ।’’


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro