देश
काठमाडौं । निजामती कर्मचारी अस्पतालले ४५ वर्षसम्मका योग्य उमेदवारले दरखास्त दिन सक्ने स्पष्ट पारेको छ । यसअघि दरखास्त आह्वान गरिएकोमा ४५ वर्षसम्मका उमेदवारले दरखास्त दिनसक्ने हुनु पर्नेमा ३५ वर्ष मात्र उल्लेख भएको भन्दै अस्पतालले छुटेका व्यक्तिलाई दरखास्त दिन भनेको छ ।
३५ वर्ष उमेर पूरा भएका कारण दरखास्त दिन नपाएका र ४५ वर्ष उमेर ननाघेका योग्य उमेदवारहरूको दरखास्त दिने म्याद थप गरिएको अस्पतालले जनाएको छ । अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० ०७:२१
प्रतिक्रिया दिनुहोस्