site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साफ च्याम्पियनसिपमा भारत र कुवेतसँगै नेपाल समूह ‘ए’मा 
फाइल तस्बिर ।

काठमाडौं । आउँदो जुनमा भारतमा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ ।

जुन २१ देखि जुलाई ४ सम्म भारतको बैंग्लोरमा हुने प्रतियोगितामा नेपाल घरेलु टिम भारत र आमन्त्रित कुवेतसँगै समूह ‘ए’ मा परेको हो । यो समूहमा नेपालसँगै भारत, कुवेत र पाकिस्तान परेका छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश परेका छन् ।

प्रतियोगिताको ‘ड्र’का लागि सहभागी आठ टिमलाई चार ‘पट’मा विभाजन गरिएको थियो । पट वानमा लेबनान र भारत थिए । पट टुमा कुवेत र माल्दिभ्स, पट थ्रीमा नेपाल र भुटान थिए । पट फोरमा बंगलादेश र पाकिस्तान थिए । प्रत्येक पटका समान एक टिम समूह ‘ए’ र ‘बी’मा छानिएका हुन् ।

प्रतियोगिताको यो संस्करणमा दुई आमन्त्रित र दक्षिण एसियाका ६ गरी आठ टिमको सहभागिता छ । योपटक कुवेत र लेबनान पाहुना टिमका रूपमा सहभागी छन् ।

हालसम्म प्रतियोगिताका १३ संस्करण समाप्त भइसक्दा नेपाल उपाधिविहीन छ । माल्दिभ्समा भएको पछिल्लो संस्करणको फाइनलसम्म पुग्नु नै नेपाली टिमले साफ च्याम्पियनसिपमा हासिल गरेको हालसम्मको सबैभन्दा उत्कृष्ट नतिजा हो । त्यस बेला नेपाल फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो ।

प्रतियोगिताको सर्वाधिक सफल टिमका रूपमा रहेको भारतले हालसम्म आठपटक उपाधि जितेको छ । माल्दिभ्सले दुईपटक र बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एकपटक उपाधि जितेका छन् । नेपालबाहेक, पाकिस्तान र भुटानले पनि प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।

agdf1684309239.jpg

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro