site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली भन्छन्– सरकार धेरै मुख भएको सर्पको पेटमा पर्ने स्थिति छ
SkywellSkywell

काठमाडौंं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार संकटले घेरिएको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा बुधबार बल्खुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“सरकार संकट नै संकटले घेरिएर धेरै मुख भएको सर्पको पेटमा पर्ने स्थिति छ । तर, सरकार बेखबर छ,” उनले भने ।

Dabur Nepal
NIC Asia

ओलीले अहिलेको राजनीतिलाई हल्काफुल्का रूपमा लिन खोज्नु दुःखद विषय भएको बताए । नेपाली कांग्रेस किंकर्तव्यविमूढ भएको आरोप पनि उनले लगाए ।

“नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, आवा न चावाको । त्यो कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो, त्यो पार्टीलाई । आवा न चावाको पार्टी,” उनले भने, “देश गम्भीर अवस्थामा छ । त्यत्रो इतिहास बोेकेको कांग्रेस किंकर्तव्यविमूढ छ । भोलि उठी कहाँ जाने केही थाहा छैनजस्तो ।”

उनले एमाले एक्लैले अहिलेको परिस्थितिसँग जुध्नुपर्ने जिकिर गरे । सत्ताका लागि एमालेले अरू पार्टीसँग नमिल्ने उनको भनाइ छ ।

“हामी कसैसँगै कहिल्यै मिल्दैनौँ भन्ने कुरा होइन । तर, सत्ताका निम्ति, सत्तास्वार्थका लागि, सरकार गठनका लागि मिल्ने कुरा हामीबाट हुँदैन । कसैसँग हाम्रो एकता हुन्छ भने देश, जनता, परिवर्तन, सुशासनका लागि मिल्न सक्छौँ,” ओलीले भने ।

वर्तमान सत्ता गठबन्धन लक्ष्यविहीन भएको टिप्पणी उनले गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu