site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीआरआईमा अनुदान मात्र स्वीकार्य : निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बीआरआई अनुदानका रूपमा प्राप्त भएमा मात्र स्वीकार्न सकिने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग उनले बीआरआईका विषयमा राष्ट्रिय छलफल र बहस गरी साझा धारणा बनाउनुपर्नेमा जोड दिए । “आयोजना अनुदानमा दिइयो भने ठिक छ तर ऋणका रूपमा लिनु हुँदैन । यसमा हामीले आफ्नो कुरा राखिरहेकै छौँ,” निधिले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि नै आवश्यक छलफल गरी समझदारीमा पुग्नुपर्ने बताए । “ऋण लिने गरी कुनै सम्झौता गर्न नहुने पक्षमा कांग्रेस रहेको छ । यसमा बृहत् छलफल गरी निष्कर्षमा पुग्न जरूरी छ । अन्तर्राष्ट्रिय सम्बन्ध समिति र संसद्मा पनि यस विषयभित्रका सन्दर्भ र योजनाबारे छलफल हुनपर्छ ।” रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro