site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो ।

संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका  राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवर्द्धन गर्दै नेपाल र यूएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताए । 

आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सक्दो योगदान गर्न आफू प्रतिबद्ध रहेको उनले दोहोर्याए ।  

त्यस अवसरमा नेपालका उद्योगी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली संघ, यूएई, नेपाल विजनेस काउन्सिल यूएई तथा यूएईमा रहेका उद्योगी–व्यवसायीबीच नेपाल र यूएईबीचको नेपालको व्यापार घाटालाई कम गर्दै यूएईका बजारमा नेपाली उत्पादनलाई सहज रूपमा स्थापित गराउने विषयमा छलफल भएको उक्त दूतावासले जनाएको छ ।
  
नेपालका सामग्री उक्त देशमा निर्वाध पुर्याउन विद्यमान चुनौती र भविष्यमा दुई देशबीच अपनाउनु पर्ने कानुनी तथा नीतिगत उपायका बारेमा सहभागीले सुझाव दिएका थिए । 

यसैबीच, मंसिर २ देखि ५ गतेसम्म दुबईमा आयोजना भएको ‘मिडल इष्ट अर्ग्यानिक एण्ड नेचुरल प्रडक्ट एक्स्पो’मा नेपालका १२ कक्षमार्फत नेपाली उत्पादन प्रवर्द्धन गरिएको थियो । 

मेलामा नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल निर्यात व्यावसायी महासंघका प्रतिनिधि सहभागी थिए । विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त मेलामा नेपाल पहिलोपटक सहभागी भएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro