site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लाइसेन्स प्राप्तिमा मात्र व्यवसायी लागे, सुधार हुनुपर्छ : स्वर्णिम वाग्ले 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले उद्योगी र व्यवसायी लाइसेन्स लिन सक्रिय भएकाले यसको सुधार हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटनसत्रमा उनले उद्योगी नै सुध्रिनुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“पहिले–पहिले उद्योगीहरूले आफ्नै उद्योगको फाइदामा लबिङ गर्ने गरेका थिए । अहिले राष्ट्रिय परिपेक्षबाट मुद्दा उठान र लबिङ गरेका छन् । यो राम्रो पक्ष हो,” उनले भने, “तर, व्यवसायमा सक्रिय हुनुभन्दा लाइसेन्स प्राप्तिमा व्यवसायीहरू सक्रिय छन् । नेता र मन्त्रीको दैलो चहार्छन् । यो अन्य हुनुपर्छ ।”

व्यवसायी यसरी लागेर उत्पादन र निर्यात नबढ्ने उनको भनाइ छ । “इमानदार भएर तपाईंहरूलाई काम गर्न कुनै कानुनले असर गरेको छ भने भन्नुहोस्, यसलाइ सुधार गरौँ,” उनले भने, “राजनीति गर्नेको ढोकामा उद्योगी र व्यवसायी जान नपरोस् ।”

Global Ime bank

निजी क्षेत्रमैत्री नेपाल बन्नुपर्छ भन्ने आफ्नो धारणा रहेको डा. वाग्लेले बताए । क्षणिक लाभमा नलाग्न पनि उनले व्यवसायीलाई आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय