site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तासमीकरण फेरबदल हुन्छ ? महत भन्छन्– अनुसन्धान गर्नुस् !
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण ‘दूधको दूध पानीको पानी’ हुनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्दोष नफसून् र दोषी नउम्किऊन् भन्नेमा पार्टी स्पष्ट रहेको बताए ।

“नक्कली शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस्, परिणाम त्यही आओस्,” अर्थमन्त्री समेत रहेका डा. महतले भने, “पार्टी स्पष्ट छ, निर्दोष नफसून्, दोषी नउम्किऊन् ।”

‘सत्तासमीकरण फेरबदल हुन्छ ?’ भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने, “त्यस्तो देख्दिनँ । तपाईंहरू अनुसन्धान गर्नुस् ।”

सञ्चारकर्मीले सोधेका अरू प्रश्न र उनका जवाफ पढ्नोस्–

आङटावा शेर्पा अनुसन्धानको क्रममा घाइते छन् भन्ने कुरा छ नि ! 
– यो जानकारीमा छैन । यदि, यस्तो हो भने अनुसन्धानको नम्समा रहेर अनुसन्धान हुनुपर्छ ।

पार्टी सभापति किन मौन ? 
– धेरै बोल्ने बानी पहिलेदेखि छैन । निष्पक्ष अनुसन्धानमा सघाइरहनुभएको छ । दोषी प्रमाणित भयो भने कानुनअनुसार अघि बढ्छ ।

महामन्त्रीको ‘अति भो’ भन्ने कुरा छ, प्रवक्ताको हैसियतले तपाईंको टिप्पणी के छ ?
– पदाधिकारी बैठकमा उहाँहरूले यो उठाउनुभएको छैन । बाहिर यस्तो कुरा कसरी आउँछ, म अचम्ममा छु ।

विशेष महाधिवेशनको माग गर्दै प्रदेश भेला भइरहेको छ नि !
– क–कसले के, जे गरे भन्ने छ, भेटघाट भइरहन्छ । विशेष महाधिवेशनको कुनै गुन्जायस छैन । नीति अधिवेशन हुँदै छ । महासमितिभन्दा ठूलो हुन्छ ।

केन्द्रीय समिति बैठक नौ महिनासम्म बस्न सकेको छैन, मंसिरको चुनावी समीक्षा समेत हुन सकेको छैन ? 
– कार्यसम्पादनको बैठक नियमित बसिरहेको छ । केन्द्रीय सदस्य बैठक नहुन विविध कारण छ । पहिला आफ्नै नेतृत्वमा... घटनाहरू एकपछि अर्को भइरहेको छ ।

कार्यसम्पादनले पनि केन्द्रीय समितिको प्रतिनिधित्व गर्छ । यद्यपि, केन्द्रीय समिति पनि बस्नुपर्छ । बैठक बस्छ । भ्रातृसंगठन र विभाग गठन हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro