राजनीति
काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी नेत्री मन्जु खाँण कहाँ छिन् भन्ने थाहा नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा नभएको बताए ।
त्यसबारेमा मिडिया र सामाजिक सञ्जालमा ‘ट्रायल’ भइरहेको उनको भनाइ छ । “को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन,” उनले भने, “मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको छ ।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई हचुवाका भरमा दोषी भन्न नहुनेमा उनले जोड दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० ११:४४
प्रतिक्रिया दिनुहोस्