site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.१८ प्रतिशतले घटेर १८१८.३१ विन्दुमा बन्द भएको हो । यो दिन नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । गत कारोबार दिन ९० करोड पाँच लाख रुपैयाँको धितोपत्र खरिद बिक्री भएको थियो ।

आज २६६ धितोपत्रको २३ लाख ४१ हजार २४० कित्ता ७२ करोड ४९ लाख रुपैयाँको खरिद–बिक्री भएको छ । गत कारोबार दिनको तुलनामा कारोबार रकम १७ करोड रुपैयाँले घटेको छ ।

कारोबारमा आएका १३ समूगत परिसूचकमध्ये चार वटा समूहको परिसूचक वृद्धि भएको छ ।

परिसूचक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूहको ०.५२ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.१ प्रतिशत र फाइनान्स समूहको परिसूचक ०.०७ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा निर्जीवन बीमा समूह रहेको छ । यो समूहको परिसूचक ०.६२ प्रतिशतले घटेको छ ।

आज सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयर मूल्य ६.४५ प्रतिशतले घटेको छ । सर्वाधिक रकमको सेयर खरिद–बिक्री एनआईसी एसिया बैंकको भएको छ । यो बैंकको तीन करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro