site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नौ महिनामा ६ लाखले लिए श्रम स्वीकृति, विप्रेषण आप्रवाहमा सुधार

काठमाडौं । चालु आवको नौ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् ।

गएको साउनयता पाँच लाख ४८ हजार ६६४ पुरुष र ५३ हजार ४८९ महिला गरी कुल ६ लाख दुई हजार १५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।

Argakhachi Cement Island Ad

प्रत्येक दिन दुई हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४, फागुनमा ६१ हजार ८४५ र चैत महिनामा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्यांक छ ।

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई)का लागि श्रम स्वीकृति जारी भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या  ५१.५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ ।

चैतसम्म तीन लाख ८७ हजार ८३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र दुई लाख १७ हजार ९५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आवको नौ महिनामा नौ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यो अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो । रासस

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्