site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसी बार्सिलोना फर्किने ग्वार्डिओलाको विश्वास

काठमाडौं । लियोनल मेसीको आगामी गन्तव्यबारे चर्को चर्चा चलिरहँदा म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले अर्जेन्टिनी कप्तान बार्सिलोना फर्किने विश्वास व्यक्त गरेका छन् ।

ग्वार्डिओलाले ईएसपीएनसँगको कुराकारीमा मेसीले ‘बार्सिलोना फर्किनका लागि असम्भव काम गर्ने’ प्रतिकृया दिए । “बार्सिलोनाको समर्थकको रुपमा मैले क्याम्प नोउको टिकट पाइसकेको छु,” ग्वार्डिओलाले भने, “त्यो एक दिन हामी मेसीलाई उनको योग्यताअनुसार गुडबाई भन्नेछौँ ।”

मेसी हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेलिरहेका छन् । तर, मेसी र पीएसजीबीचको सम्झौता यसै सिजनको अन्त्यसम्मका लागि मात्र छ । पीएसजीबाट फुकुवा हुँदा ‘फ्री एजेन्ट’ बन्ने मेसी बार्सिलोना फर्किने चर्चाले पनि ठूलो स्थान पाएको छ ।

Dabur Nepal
NIC Asia

सन् २०२१ मा बार्सिलोनाबाट फ्रेन्च क्लब अनुबन्धित हुँदा मेसी र पीएसजीबीच दुई वर्षको सम्झौता थियो । सम्झौतामा एक वर्ष थप गर्न सकिने विकल्प रहे पनि मेसी पीएसजीसँगको सम्झौता नवीकरण नगर्ने निर्णयमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएका छन् ।

यसैबीच मेसीप्रति अमेरिकी मेजर सकर लिगको क्लब र साउदी अरेबियाको क्लबसँगै बार्सिलोनाले पनि चासो देखाएको चर्चा छ । यसअघि, मेसीलाई साउदी अरेबियाको क्लब अल हिलालबाट ४०० मिलियन डलरको प्रस्ताव आएको सार्वजनिक भएको थियो । तर, पछि मेसीको एजेन्टसमेत रहेका मेसीका बुवाले यसलाई एक गलत अफवाहको रुपमा टिप्पणी गरेका थिए ।

ईएसपीएनसँगको अन्तर्वातामा ग्वार्डिओला मेसीको तारिफ गर्न पछि परेनन् । “उनी सर्वकालीन महान् खेलाडी हुन् । पछिल्लो १२ वर्षयता बार्सिलोना फक्रिरहेको छ र बार्सिलोनाको यो सफलता मेसीबिना सम्भव थिएन । म संख्याको बारेमा नभई उनी कसरी खेलमा घुलमिल हुन्छन् भन्न खोजिरहेको छु । यो उनको विशेषता हो, उनको प्रभावकारिता हो र सबै कुरा हो ।”

सन् २००३ देखि २०२१ सम्म बार्सिलोना बिताएपछि मेसी फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए । त्यसबेला बार्सिलोनाले आर्थिक कारण देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न नसकेपछि उनलाई पीएसजीले अनुबन्ध गरेको थियो ।

मेसीले बार्सिलोनालाई अझ उत्कृष्ट बनाउन सहयोग गरेकाले उनले आफ्नो योगदानअनुसारको बिदाइ पाउनुपर्ने ग्वार्डिओलाले बताए ।

“अध्यक्ष (जोआन) लापोर्टा मेसीलाई माया गर्छन् भन्ने कुरामा म विश्वस्त छु । र, मेसीले क्लब छोडेदेखि नै लापोर्टाले मेसी बार्सिलोनाबाट योगदानअनुसारको बिदाइका लागि योग्य रहेको बताउँदै आएका छन् । उनले क्लबको खराब आर्थिक अवस्थाका कारण बार्सिलोना छोडेका थिए । तर, आशा छ, एकदिन म क्याम्प नाउको सिटमा बसेर मेसीको बिदाइमा ताली बजाउनेछु । जसका लागि उनी योग्य छन्,” ग्वार्डिओला थप्छन् ।

“मलाई थाहा छ, यसका लागि लापोर्टाले र मेसीले पनि प्रयास गर्नेछन् । र, मेसी अनि उनको परिवारले बार्सिलोनामा पुर्याएको योगदानको कदरमा क्लबको समर्थकबाट उनीहरुप्रति रहेको सम्पूर्ण माया पाउनेछन् ।”

ग्वार्डिओलाले सन् २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षण सम्हाल्दा मेसीसँग सहकार्य गरेका थिए । मेसी र ग्वार्डिओला एकसाथ रहँदा उच्च लयमा रहेको बार्सिलोनाले चार वर्षमा १४ उपाधि जितेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro