site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पञ्जावविरुद्ध कोलकाता पाँच विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राईडर्सले पञ्जाव किङ्सविरुद्ध पाँच विकेटको जित निकालेको छ । सोमबार इडेन गार्डेनमा सम्पन्न खेलमा पञ्जावले प्रस्तुत गरेको १८० रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । 

कोलकाताको जितमा कप्तान नितिश राणाले ५१ रन बनाए । आन्द्रे रसेलले ४२, जासन रोयले ३८, रिन्कु सिंहले अविजित २१ र वेन्कटेस ऐयरले ११ रन थपे । 

Dabur Nepal
NIC Asia

पञ्जावका राहुल चहरले दुई विकेट लिए । नाथन एल्स र हरप्रीत ब्रारले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको पञ्जावले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको थियो । पञ्जावका कप्तान शिखर धवनले ५७ रन बनाएका थिए । जितेश शर्मा र मोहम्मद साहरुख खानले समान २१ रन थप्दा ऋषि धवनले १९, हरप्रीत ब्रारले १७, लियन लिभिङ्स्टोनले १५ र प्रभसिम्रन सिंहले १२ रन जोडे ।

कोलकाताका वरुण चक्रवर्तीले तीन विकेट लिए । हर्सित राणाले दुई विकेट लिदा सुयास शर्मा र नितिश राणाले एक/एक विकेट लिए ।जितसँगै ११ खेलबाट १० अंक जोडेको कोलकाता तालिकाको पाचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक नै जोडेको पञ्जाव तालिकाको सातौँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro