site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लेबनान साफ च्याम्पियनसिपमा सहभागी हुने आठौँ टिम

काठमाडौं । आगामी जुनमा भारतमा हुने तय भएको साफ फुटबल च्याम्पियनसिपमा लेबनानले पनि सहभागिता जनाउने भएको छ । यसअघि, साफले गत साता नै कुवेतले प्रतियोगिता सातौं टिमको रुपमा सहभागिता जनाउने पुष्टि गरिसकेको छ ।

दक्षिण एसिया फुटबल फेडेरेसन (साफ)ले सोमबार सामाजिक सञ्जालमार्फत जुनमा हुने प्रतियोगितामा लेबनान सहभागी हुने पुष्टि गरेको हो । लेबनान फिफा वरीयताको ९९औँ स्थानमा छ । यससँगै प्रतियोगिताको १४औँ संस्करणमा कूल आठ टिमले प्रतिस्पर्धा भएका छन् ।

प्रतियोगितामा मलेसियाको राष्ट्रिय टिम र साउदी अरेबियाको यू–२३ टिमले सहभागिता जनाउने चर्चा थियो । तर, पछि साफले मलेसिया र साउदी सहभागी नहुने पुष्टि गर्दै सहभागिताका लागि अन्य मुलुकलाई प्रस्ताव गरिएको जनाएको थियो ।

साफ च्याम्पियनसिपको १४औँ संस्करण भारतको बेंग्लुरुमा जुन २१ देखि जुलाई ४ सम्म आयोजना हुने तालिका छ ।

प्रतियोगितामा दक्षिण एसियाका भारत, पाकिस्तान, नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश सहभागी हुनेछन् । फिफाको प्रतिबन्धका कारण श्रीलंका भने यो संस्करणमा सहभागी हुने छैन ।

नेपालले हालसम्म यसको उपाधि जित्न सकेको छैन । माल्दिभ्समा भएको पछिल्लो संस्करणको फाइनलसम्म पुग्नु नै च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै ठूलो उपलब्धि हो । उक्त फाइनलमा भारतसँग ३–० ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro