site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दशौँपटक विस्तार हुँदा पनि सरकारले पाएन पूर्णता : अब रास्वपाको बाटो छेकिएको हो ?

काठमाडौं । ०७९ पुस १० गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल 'प्रचण्ड'ले दशौँपटक सरकार विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा बुधबार नेपाली कांग्रेसबाट तीन मन्त्री थपिएका छन् । 

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । 

किस्ताकिस्तामा मन्त्री नियुक्त गर्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । अझै खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालय नेतृत्वविहीन छन् ।

गएको चैत १७ गते सातौँपटक सरकार विस्तार हुँदा मन्त्रालयमा असन्तुष्टि जनाउँदै जनमत पार्टीका अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता त्यो मन्त्रालय रिक्त छ ।

खानेपानी मन्त्रालय पनि कांग्रेसले पाएको चर्चा थियो । तर, खानेपानी मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका छन् ।

कांग्रेसकातर्फबाट सरकारमा आठ मन्त्री सामेल भएका छन् । 

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले दुई मन्त्रालयले पाएको थियो । उसले शिक्षामन्त्रीमा नेता अशोक राईलाई पठाएको थियो । वन तथा वातावरण मन्त्रालय उसकै लागि छुट्याइएको बताइन्छ ।

आजको गठबन्धन बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिनेबारे छलफल भएको बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीकोतर्फबाट पठाउने मन्त्रीका विषयमा तयारी भइरहेको बताए । 

“कांग्रेसले आज मन्त्री पठायो । हाम्रो तयारी हुँदै छ । अर्को दिन मन्त्री पठाउँछौँ,” उनले बाह्रखरीसँग भने । 

'आफैँ मन्त्री बन्ने हो ?' भन्ने प्रश्नमा उनले पार्टीमा कुनै छलफल नभएको बताए । “पार्टीमा कुनै सल्लाह भएको छैन । यसमा कुनै निर्णय भएको छैन,” उनले भने । 

रास्वपालाई बाटो राखिएको कि छेकिएको ? 
सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिने वा सरकारमा जाने निर्णय गरिसकेको छैन । उसले निर्णय गर्न शुक्रबारसम्मको भाका राखेको छ । उसलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा नै आह्वान गरिसकेका छन् । 

आजको गठबन्धनको बैठकपछि कांग्रेसका प्रमुख सचेतक लेखकले रास्वपाको माग प्रधानमन्त्रीले नै सम्बोधन गर्नुपर्ने बताए । 

“प्रधानमन्त्रीजीले कुराकानी गरिरहनुभएको छ । त्यो कुरामा उहाँले सम्बोधन गर्नुहोला,” लेखकले भने ।

रास्वपासँग छलफल भइरहेका बेला सरकार विस्तार भएपछि उसलाई सरकारमा आउन बाटो राखिएको कि छेकिएको भन्ने प्रश्न उठेको छ । रास्वपा सरकारमा आए गठबन्धन दलको भागबन्डा मिलाउनुपर्ने हुन्छ । तर, अहिलेको समीकरण हेर्दा खाली रहेको मन्त्रालयमा एक मन्त्रालय जसपाले पाए एक मन्त्रालय मात्र बाँकी रहन्छ ।

हाल सरकारमा कांग्रेसका आठ, नेकपा (माओवादी केन्द्र)बाट उपप्रधानसहित चार मन्त्री र एक राज्यमन्त्री छन् । नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री र एक राज्यमन्त्री छन् ।  त्यस्तै, दुई मन्त्रालय पाएको जसपाबाट एक मन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट एक, नागरिक उन्मुक्तिबाट एक, नेपाल समाजवादी पार्टी (नेसपा) बाट एक मन्त्री सामेल छन् । 

रास्वपाका एक पदाधिकारीले सरकार विस्तारबारे आफूहरूलाई कुनै जानकारी नभएको बताए । 

“हामीसँग सल्लाह गरेर मन्त्रिपरिषद् विस्तार भएको भन्ने मैले बुझेको छैन । सभापतिले त्यस विषयमा हामी निकटहरूसँग भन्नुभएको छैन,” ती नेताले भने, “सरकारलाई पूर्णता दिन प्रधानमन्त्री लागेकै देखिन्छ । हामी शुक्रबार छलफल त गर्दैछौँ । मिश्रित प्रतिक्रिया छ । अहिले नै हाम्रो लागि राखिएको हो कि छेकिएको हो भनेर प्रतिक्रिया दिन हतार होला ।”

जसपाका अध्यक्ष यादवले भने आजको बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल नभएको दाबी गरे ।

“रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको छैन,” उनले भने, “आजको बैठकमा कुरा भएन ।”

कहिले कहिले विस्तार ? 
मंसिरमा निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्रीमा प्रचण्ड पुस १० मा नियुक्त भएका हुन् । उनले पहिलोपटक पुस ११ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । एमालेसहित सातदलीय गठबन्धनबाट पहिलोपटक तीन उपप्रधानसहित ६ मन्त्रीले शपथ लिएका थिए । 

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक माघ ३ गते मन्त्रिपरिषद् विस्तार गरे ।

माघ १४ गते नागरिकताको विषयले तत्कालीन गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएपछि खाली रहेको गृह मन्त्रालयको जिम्मवारी प्रधानमन्त्री आफैँले सम्हालेका थिए ।

चौथौपटक माघ २३ गते मन्त्रिपरिषद् फेरबदल भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले लिएका थिए ।

फागुन १४ गते राप्रपाले सरकार छाडेपछि पाँचौँपटक मन्त्रिपरिषद्मा फेरबदल आयो । राप्रपाले छाडेका तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले लिएका थिए । छैँटौपटक फागुन १६ गते एमालेले सरकार छाडेपछि थप आठ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डको काँधमा आएको थियो । 

राष्ट्रपति निर्वाचनले पुस १० मा बनेको गठबन्धन भत्किएपछि कांग्रेससहितको लोकतान्त्रिक–वाम गठबन्धन बनाउँदै प्रचण्डले आफ्नो सरकालाई अघि बढाए । उनले सातौँपटक चैत १७ गते कांग्रेसका चार, एकीकृत समाजवादीका दुई र लोसपका एक, नागरिक उन्मुक्तिका एक तथा आफ्नै पार्टी माओवादीबाट समेत मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । 

प्रधानमन्त्रीले आठौँपटक वैशाख ३ गते मन्त्रिपरिषद् विस्तार गरे । कांग्रेस सांसद एनपी साउदलाई उनले परराष्ट्र मन्त्री नियुक्त गरेका थिए । एकीकृत समाजवादीबाट नन्दा चपाईलाई भौतिक राज्यमन्त्री बनाएका थिए ।

वैशाख ५ गते उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुनमन्त्रीको जिम्वेवारी दिँदा ९औँ पटक मन्त्रिपरिषद् फेरबदल भएको थियो । 

बुधबार कांग्रेसको कोटामा तीन सांसदले विभागीय मन्त्रीको जिम्मेवारी लिएपछि १०औँ पटक मन्त्रिपरिषद् विस्तार भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro