site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीलाई पीएसजीले गर्‍यो कारबाही 

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले क्लबको अनुमति विना साउदी अरबको भ्रमण गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दुई साताका लागि निलम्बन गरेको छ । 

गत आइतबार लिगमा लोरियन्टसँग घरेलु मैदानमै पराजित भएपछि मेसी साउदी अरबको भ्रमणमा निस्किएका थिए । उक्त खेलमा मेसीले ९० मिनेट मैदानमा बिताएका थिए । अब मेसीले यस निलम्बनको समयमा पीएसजीमा प्रशिक्षण पनि गर्ने छैनन् । 

Dabur Nepal
NIC Asia

मेसीले व्यवसायिक प्रयोजनका लागि साउदी भ्रमणका लागि अनुमति मागेका थिए । तर, क्लबले अनुमति दिन अस्विकार गरेको बुझिएको छ । साउदी अरबको पर्यटन दूत भएको भन्दै क्लबले यसअघि पनि मेसीलाई जरिबाना गरेको थियो । 

विश्वकप विजेता फरवार्ड मेसीको पीएसजीसँगको दुई वर्षे सम्झैता यस सिजनको अन्त्यसँगै समाप्त हुँदै छ । २०२१ मा पहिलोपटक पीएसजी आउँदा मेसीले तेस्रो सिजनका लागि विकल्पमा राखेका थिए । र, क्लबका अधिकारीहरू मेसीसँगको सम्झैता नवीकरण नगर्ने निर्णयमा पुगेको जनाइएको छ । 

मेसीले पीएसजीबाट सबैखाले प्रतियोगितामा गरी ७१ खेलमा ३१ गोल गरिसकेका छन् । ३४ गोलमा अवसर सिर्जना गरिदिएका छन् । उनले गत सिजन पीएसजीबाट लिग वानको उपाधि पनि जितेका थिए । बार्सिलोनाका उपाध्यक्ष राफेल युसटेले मेसी अर्को सिजन पुनः बार्सिलोना फर्किने बताउँदै आएका छन् । 

निलम्बनमा परेका मेसीले अब लिग वानमा ट्रोया र अजाक्सियोविरुद्धको खेल गुमानेछन् । पीएसजी लिगमा ३३ खेलबाट ७५ अंक जोडेर शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको मार्सेभन्दा पाँच अंकले माथि हो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro