site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लोरलियन्टसँग पीएसजीको हार

काठमाडौं । शीर्ष स्थानको पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा आइतबार लोरलियन्टसंग ३–१ को हार व्यहोरेको छ ।

घरेलु मैदानमा सम्पन्न खेलको २०औँ मिनेटमा रक्षक अक्रफ हाकिमीले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिपछि पीएसजी पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

Dabur Nepal
NIC Asia

त्यसअघि १५औँ मिनेटमा एन्जो ले फीले गोल गर्दै लोरलियन्टलाई अग्रता दिलाएका थिए । २९औँ मिनेट काइलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए ।

तर, ३९औँ मिनेटमा डर्लन योग्ङवाले गोल गरेपछि लोरलियन्टले पहिलो हाफमा २(१ को अग्रता बनाएको थियो । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहदा बाम्बा ड्लेङले गोल गर्दै लोरलियन्टको ३–१ को जित निश्चित गरेका थिए ।

जारी सिजन पीएसजीको यो छैटौं हार हो । हारका बावजुद ३३ खेलबाट ७५ अंक जोडेको पीएसजी तालिकाको शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको मार्सेभन्दा पाँच अंक धेरै हो ।

यता, ३३ खेलबाट ४८ अंक जोडेको लोरलियन्ट तालिकाको १०औँ स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro