site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घरभाडामा कबोल लगाउने प्रवृत्ति समस्या हो : गभर्नर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरभाडामा कबोल लगाउने प्रवृत्तिले साना व्यवसायी विस्थापित हुने स्थिति आएको बताएका छन् । 

शनिबार काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजित एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा उनले पछिल्लो समय सबैले व्याजदर नै समस्या भन्दै आए पनि यथार्थ अर्कै रहेको बताए । 

“अहिले अर्थतन्त्रमा असहज स्थिति छ । त्यसले घरभाडा कबोल बढी हुँदा साना व्यवसायी विस्थापित हुने अवस्था आयो । यस बारेमा कसैले बोलेन,” उनले भने, “व्याजदर बढी भयो भनेर बजारमा भाष्य फैलाइयो । तर, यथार्थतामा कोही पुगेन । व्याज भनेको बजारको मागअनुसार फरक पर्ने हो ।”

व्याजदरले साना व्यवसायी विस्थापित नभएको उनको दाबी छ । “बैंकहरुले तरलता सहज बनाउन ब्याजदर बढाउने हुन् । तरलता सहज हुँदै गएपछि व्याजदर आफैं घट्छ ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro