site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डले गरे बाह्रखरी गल्फको उद्घाटन

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरूपमा आयोजना गर्दै आएको ‘एनसेल बाह्रखरी गल्फ’को छैटौँ संस्करण शनिबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । 

काठमाडौंको गोकर्ण गल्फ क्लबमा प्रधानमन्त्री प्रचण्डले ‘टी–अफ’ गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । यस कर्पोरेट गल्फ प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा भइरहेको छ । प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् । 

महिला र पुरुष गरी ११४ गल्फरको सहभागिता रहेको यस प्रतियोगितामा कुनै खेलाडीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी पुरस्कार जित्नेछन् । प्रतियोगितामा ७ महिला र १०७ पुरुष खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । पुरुष र महिलातर्फको विजेता र उपविजेता, बेष्ट ग्रस, सिनियर (६० वर्षमाथि)तर्फको विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन, मोस्ट बर्डी विधामा खेलाडीले पुरस्कार जित्नेछन् । प्रतियोगिताको विजेताले सुनको बल जित्नेछन् । अन्यले गिफ्टह्याम्पर पुरस्कार पाउनेछन् । 

Dabur Nepal
NIC Asia

गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले ६ वर्षदेखी यस प्रतियोगिता आयोजना गर्दै आएको छ । 

101682135929.jpg

यो वर्ष बाह्रखरी गल्फसँगै ‘आर्थिक परिसंवाद’ कार्यक्रम पनि आयोजना गरिएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने यस कार्यक्रमको पनि प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् । आर्थिक परिसंवाद कार्यक्रममा अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायतको उपस्थिति छ । 

कार्यक्रममा अर्थविद अच्युत वाग्लेले वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन् ।

‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम गर्नका लागि बाह्रखरीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरेका छन् ।

51682134422.jpg

त्यसैगरी, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा (नेपालमै बन्या) प्रायोजक रहेका छन् ।

गत वर्ष प्रदेश १ को आर्थिक उत्थानमा केन्द्रित भई विराटनगरमा आर्थिक सम्मेलन, इटहरीमा युवा उद्यमी सम्मेलन तथा धरानमा गल्फ प्रतियोगिताको आयोजना गरिएको थियो ।

3 (1)1682134480.jpg

वि.सं २०७७ सालमा कोरोनाले आहत पारेको पोखराको पर्यटनको विकासका लागि गल्फ तथा पर्यटन थिम अन्तर्गत पोखरामा कार्यक्रम आयोजना गरिएको थियो । 

21682134515.jpg

त्यसअघिको वर्ष नेपालको नाम विश्वको पर्यटन नक्सामा प्रचार र प्रसार गर्ने उद्देश्यसहित सर्वोच्च शिखर सगरमाथासँगै रहेको कोङ्दे हिमालको कोङ्दे रि मा ४२५० मिटरको उचाईमा गल्फ आयोजना गरिएको थियो । विश्व रेकर्ड राख्ने उद्देश्यसहित गरिएको यस गल्फ प्रतियोगितालाई विश्वभरका मिडियाले ठूलो महत्वका साथ समाचार बनाएका थिए ।

11682134536.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro