site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा सांसदले गरे संसद् बैठक बहिष्कार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले आइतबार (असार १) प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा आफूहरूको विरोधबीच बजेटमाथिको छलफल अघि बढाइएको भन्दै उनीहरू बैठकबाट बाहिरिएका हुन् ।

बैठक सुरु भएलगत्तै राप्रपा सांसद विरोधस्वरूप आफ्नो आसनमा उभिएका छन् । आकस्मिक समयमा आफ्नो पालो आएपछि प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विरोधबीच बैठक चलाएर ‘दादागिरी’ गरिएको भन्दै रोक्न आग्रह गरेका थिए ।

सांसद शाहीले बैठक बहिष्कार गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्