site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा छलफलमा, अझै सुरु भएन संसद् बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । आइतबार (असार १) बिहान ११ बजेका निम्ति बोलाइएको बैठक एक घण्टा बितिसक्दा पनि सुरु नगरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनको अवरोधबारे छलफलका निम्ति समय मागेकाले बैठक सुरु नगरिएको सभामुखको सचिवालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रास्वपाको बैठक जारी छ । रास्वपा सांसदले भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्र्दै शुक्रबार (जेठ ३०) वेल घेराउ गरेका थिए । उनीहरूले वेल घेराउ गरिरहँदा रोस्ट्रममा उभिएर गृहमन्त्री रमेश लेखकले आफूमाथिका प्रश्नको जवाफ दिएका थिए ।

रास्वपालाई सभामुख घिमिरेले बजेटमाथि छलफल गर्नुपर्ने भएकाले अब संसद् बैठक रोक्न नसकिने जानकारी गराएका छन् । रास्वपा सांसदले सदनमा अवरोध जारी रहने बताएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्