काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड लुइस फिलिप (मदुरा फेशन एण्ड लाइपस्टाइल) ले आफ्नो शोरुम ललितपुरको लबिम मल पसल नं. ००८ मा संचालन गर्ने भएको छ ।
यो ब्राण्ड १९८९ मा संचालनमा आएको हो । यस ब्राण्डले पुरुषहरुको लागि आवश्यक पर्ने पोशाक, जुत्ता, बेल्ट लगायतका अन्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको छ । यो ब्राण्ड भारत लगायत अन्य मुलुकहरुमा रुचाइएको ब्राण्ड हो ।
उक्त आउटलेटमा पुरुषहरुका लागि हुने पोशाक, जुत्ता लगाएतका अन्य ब्राण्डेड सामानहरु उपलब्ध हुने बताइएको छ ।
यो शोरुम संचालनमा आए पश्चात ग्राहकहरुलाई आकर्षक डिजाइनका पोशाक, जुत्ता लगाएतका सामानहरु किन्न दरवारमार्ग, न्यूरोडसम्म जानुनपर्ने तथा आधुनिक डिजाइनका कपडाहरु सजिलै तथा सुलभ दररेटमा उपलब्ध हुने बताइएको छ ।