काठमाडौं । अभिनेत्री कंगना रनावत र अभिनेता ऋतिक रोशनबीचको विवाद यस्तो घाउ बनेको छ । जुन अचानक बल्झिदिन्छ । शान्त स्वाभावका अभिनेता ऋतिकले सार्वजनिक रुपमा अहिलेसम्म कंगनालाई जवाफ फर्काएका छैनन् । अधिकांश तया ऋतिकको बयान तेस्रो व्यक्तिबाट नै दर्शकहरु सामु पुग्ने गरेको छ । कहिले ऋतिकका निकट सम्बन्धमा रहेका व्यक्तिले कहिले उनका कानुन व्यवसायीले नै कंगनामाथि टिप्पणी गरेका छन् ।
तर पछिल्लो पटक ऋतिक स्वयम्ले खुलेर कंगनाको विरोध गरेका छन् । जसका लागि उनले सामाजिक सञ्जालको सहायता लिएका छन् । ऋतिकले फुशबुकमा लामो बयानसहित कंगना विरुद्ध आफ्नो रिस पोखेका छन् । उनले आफ्नो फेशबुक स्टाटस् अंगेजीमा लेखेका छन् । उनले आफुलाई विवादमा आउन राम्रो नलाग्ने र सधै विवाददेखि टाढा रहँदै आएको उल्लेख गर्दै सदैव आप्mनो काममा ध्यान दिएको प्रष्ट्याउन खोजेका छन् ।
पछिल्ला दिनहरुमा आफुसँग जोडिएर आएका समाचारहरु झुठा भएको दावी गर्दै अभिनेता ऋतिकले भनेका छन्, ‘‘कंगना र मेरो पेरिसमा भएको भनिएको ईंगेजमेन्टको कुनै ठोस प्रमाण छैन् । २०१४ मा मैले कंगनासँग कुनै ईंगेजमेन्ट गरेको छैन् ।’’ उनले कंगना महिला भएका कारण सवैले उनको कुरा पत्याएको बताएका छन् । ‘‘कंगना महिला भएकै कारण सवैले विश्वाश गरे, किनकी कुनैपनि महिला यस्ता कुरा किन गर्लान ।’’ उनको स्टाटस्मा उल्लेख छ ।
सन् २०१४ मा आफु मुलुक छोडेर कतै नगएको दावी गर्दै ऋतिकले यसको पुष्टिका लागि पासपोर्टको डिटेल हेर्न सकिने बताएका छन् । भाइरल भएको कंगनासँगको तस्विर फोटोशप प्रयोग गरेर बनाइएको उनले दावी गरेका छन् । ऋतिकले उक्त तस्विरलाई पूर्व पत्नी सुजैन खानले सार्वजनिक गरेको पनि बताएका छन् । तर एक टीभी शोमा कंगनाले ऋतिकसँगको सम्बन्धका बारेमा धेरै कुराको खुलासा गरेकी थिइन् ।