site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बाजुराकी विपना र हुम्लाकी नन्दादेवीलाई ‘नइ कपिल विद्यापदक’

काठमाडौं । नइ प्रकाशनले २०८० सालको १२ कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा विपनाकुमारी बुढालाई ३० हजार रुपैयाँ नगद राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । मालिका माध्यमिक विद्यालयकी छात्रा बुढाले ३.२१ जीपीए प्राप्त गरेकी थिइन् । 

त्यस्तै, सोही परीक्षामा हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा नन्दादेवी रोकायलाई ३० हजार रुपैयाँ नगद राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ । सीता माध्यमिक विद्यालयकी छात्रा रोकायले ३.१५ जिपिए प्राप्त गरेकी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

‘नइ कपिल विद्यापदक’ मनोरोग तथा नसा विशेषज्ञ डा. कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको पुरस्कार हो ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २२:५९
प्रतिक्रिया दिनुहोस्