site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यिक पत्रिका ‘कलाश्री’ सार्वजनिक, गोष्ठीमा सुनिए कविहरू 

काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशेष कविता गोष्ठीको आयोजना गर्दै वार्षिक साहित्यिक पत्रिका ‘कलाश्री’को १२औँ अंक सार्वजनिक गरेको छ । 

बिहीबार काठमाडौंमा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज कवि तुलसी दिवसलगायतले उक्त साहित्यिक पत्रिकाको लोकार्पण गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त अवसरमा प्रतिष्ठानले हास्य–व्यंग्यकार लक्ष्मण गाम्नागेलाई ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ नगद राशिसहित प्रदान गर्‍यो । 

कार्यक्रममा अतिथि कवि विश्वविमोहन श्रेष्ठले ‘आँसु’ शीर्षकको कविता वाचन गरे । सोही अवसरमा प्रा.डा. गोविन्दराज भट्टराईले ‘तिमी नहुँदा पनि उस्तै हुन्छ’ शीर्षकको कविता वाचन गरे ।

गोष्ठीमा कविहरू प्रमोद प्रधान, लक्ष्मण गाम्नागे, रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई, फूलमान बल, कपिल अञ्जान, हेमन्त विवश, शान्ति प्रियवन्दना, रसिक राज, भैरवी भूगोल, मोहित जोशी, अस्मिता मानन्धर, प्रमोद सारङ्ग र रोशन परियारले आ–आफ्ना कविता वाचन गरे ।

उक्त अवसरमा विमोचित पत्रिका ‘कलाश्री’माथि महेश पौड्यालले समीक्षात्मक मन्तव्य राखे ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष कवि मोमिला, कवि तुलसी दिवस, कवि डा. विमल कोइराला, राजेश्वर कार्कीलगायतले बोले ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २३:१४
प्रतिक्रिया दिनुहोस्