site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
फाइल तस्बिर ।

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । 

दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । आज बिहान १ः४५ बजे गएको पहिरोका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए ।  

उनका अनुसार शुक्रबार राति ११ः४५ बजेदेखि लेदो खसेर पहिरोको जोखिम बढेको थियो । झरी परिरहेपछि १ः३० बजे सडक पहिरोका कारण अवरुद्ध भएको छ । 

उक्त ठाउँमा गत भदौ ५ गते पनि राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिरोजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुनसक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ । रासस

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro