site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
होटल बुकिङ उच्च, दशैं हेर्न आउँछन् पर्यटक

काठमाडौं । दशैंको मध्यतिर आइपुग्नै लाग्दा होटलमा पनि चहलपहल बढेको छ । विगतका वर्षको तुलनामा होटल बुकिङ उच्च रहेको छ ।

अहिलेसम्म होटल क्षमताको करिब ४५–५० प्रतिशत बुकिङ भइसकेको छ । होटल संघका अनुसार यो बुकिङ दशैंको अन्त्यसम्म ७५ प्रतिशतसम्म पुग्नेछ । काठमाडौं, पोखरा लगायतका सहरमा होटल बुकिङ उच्च छ । 

होटल एसोसिएसन अफ नेपाल (हान) प्रवक्ता विनायक शाहका अनुसार यो वर्ष चितवनमा भने विगतका वर्षको जस्तो उत्साह देखिएको छैन । “नारायणगढ–मुग्लिन सडक बिग्रिएकाले यो वर्ष चितवनको बुकिङ भने सन्तोष जनक छैन,” प्रवक्ता शाहले भने, “सडकको बाटो भएर जान लामो समय लाग्ने र धुलो र धुवाँको सामना गर्नु पर्ने, प्लेनबाट जाँदा महँगो पर्ने भएकाले चितवनमा पर्यटकको चाप घटेको छ ।”

पर्यटक नेपालको मौलिक विशेषता भएको दशैं हेर्नकै लागि पनि आउने गरेका छन् । “दशैं, तिहार जस्ता हाम्रा मौलिक चाडपर्व हेर्न पनि कति पर्यटक यो सिजनमा आउन थालेका छन् । यस कारण पनि दशैंमा पर्यटकको संख्या बढ्दै गएको छ,” शाह भन्छन् । 

एनआरएनएको सम्मेलन दशैंपछि परेकाले पनि पर्यटक आउने क्रम बढेको छ । नेपाली भए पनि विदेशको नागरिकता भएका उनीहरु नेपाल भिषा लगाएर आउने भएकाले उनीहरु पनि पर्यटककै रुपमा नेपाल आउने गरेका छन् । दशैं तिहार युरोपियन, अमेरिकन, जापानिज र अष्ट्रेलियनहरु नेपाल आउने सिजन हो । धेरै गर्मी र धेरै जाडो नहुने भएकाले यो मौसममा उनीहरु नेपाल आउने गर्छन्, चाइनिज र जापानिजहरु भने नेपाल नजिकै रहेको र हावापानी पनि त्यती धेरै फरक नपर्ने भएकाले जुनसुकै मौसममा पनि नेपाल आउँछन् । 

हानले सन् २०१७ मा ९ देखि १० लाख पर्यटक नेपाल भित्रिने अनुमान गरेको छ । यसअपघि भूकम्प, नाकाबन्दी र भारतीय ५ सय र एक हजारका नोटमा लगाएको प्रतिबन्धका कारण पनि पर्यटन आगमनमा कमी आएको थियो । यो एनआरएनएको सम्मेलन हुनु र कुनै प्राकृतिक प्रकोपको अवरोध नरहेकाले होटल तथा पर्यटनमा राम्रो सम्भावना देखिएको हानको भनाइ छ ।  

आन्तरिक पर्यटक पनि होटल बुकिङ गर्नेमा अग्रस्थानमा छन् । पोखरा, सौराह, चितवन लगायतका शहरमा आन्तरिक पर्यटकको बुकिङ उच्च रहेको हानले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १२, २०७४  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro